डोटीमा चोरीकोआरोपमा एक युवक चक्कु सहित पक्राउ

धनगढी २७ भाद्र ।डोटीमा चोरीमा संलग्न रहेको आरोपमा एक युवक चक्कु सहित पक्राउ परेका छन । जिल्लाको आदर्श गाउँपालिका – १ सिर्कलाका २९ वर्षीय शंकर खड्का चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन ।

आदर्श गाउँपालिका–२ साउनकाँडाको जंगलबाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मौवाका प्रहरी नायव निरीक्षक नरेन्द्र टमटाले जानकारी दिए ।

प्रहरीका अनुसार उनलाई भदौ १ गते ओल्के पर्व मनाउन माइत हिँडेकी सायल गाउँपालिका– ६ कटुवालगाउँकी २७ वर्षीय पार्वती कटुवालको सुनका गरगहना लुटेको आरोप लागेको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मौवाले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.