कैलाली बाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

धनगढी। धनगढी उपमहानगरपालिका–२ बाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ जना पक्राउ परेका छन् ।

हिजो बेलुकी उपमहानगरपालिका–३ बस्ने २१ वर्षीय अशोक अधिकारी र २४ वर्षीय मोहित जोशी करिब १ ग्राम ९ सय ३० मिलीग्राम ब्राउन सुगरसहित समातिएका हुन्। प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाईएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.