डा केसी आज देखि २० औँ सत्याग्रह बस्न धनगढी पुगे
कैलाली । चिकित्सा शिक्षा अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसी सोमवार साँझ ५ बजेदेखि २० औँ सत्याग्रह बस्न धनगढी आइपुगेका छन् ।
डा.केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साताको अल्मिेटम दिएका थिए । देउवाले समय मागेर आजसम्म झुलाएको तर अहिले मागको बारेमा बेखबर रहेकाले धनगढीमा अनशन बस्ने केसीले बताए ।
उनले सुरक्षाको कारण स्थान भने तय नभएको बताएका छन् ।