बालबालिका चोरी गर्ने गिरोह सक्रिय भयो सामाजिक सञ्जांल,आधिकारीक खबर आएको छैन प्रहरी
धनगढी २७ भाद्र । अहिले समाजिक सञ्जालमा भारतबाट भित्रिएको अज्ञात समुहले साना बालबालिकालाई चोरि गरिरहेको भन्ने कुरा बाहिरीएको छ ।
जिल्ला प्रहरी कार्यालय बाकेका अनुसार अहिले सम्म कसैले पनि बच्चा हरायो भनेर किटानी जाहेरी नदिएकोले,सामाजिक सञ्जांलमा अपवाह फैलाईएको जनाएको छ । भारतीय जस्तो देखिने लिगं छुट्याउन नसकिने खालको एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको तर उसले बच्चा चोरेको प्रमाणित नभएपछि छोडिएको प्रहरीले जनाएको छ ।
नेपालको तराईका जिल्लामा भारतबाट भित्रिएको अज्ञात समुहले साना बालबालीकालाई विभिन्न प्रलोभमा पारी लग्ने गरेको सामाजिक सञ्जालमा भाईरल भएको छ । सामाजिका सञ्जालमा कुरा आएपनि प्रहरीलाई आधिकारीक रुपमा जानकारी नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका (प्रवक्त) प्रहरी नायब उपरिक्षक चक्रबहादुर शाहले बताए ।
उनले बालबालीका चोर्ने समुह साच्चै भित्रिएको भए सुदुरपश्चिमको कैलाली र कञ्चनपुर पनि भारत संगै खुला सिमाना भएकाले साना बालबालिका उच्च जोखिममा रहेका बताए । उनले स्थानियबासिले सचेत रहन आग्रह गरेका छन् ।
साना बालबालिकालाई विभिन्न बस्तुको प्रलोभ देखाएर फसाउन सक्ने भएकाले साना बालबालिकालाई एक्लै नछाड्न, बाहिर गएमा आफु संगै लग्न तथा घरमा जिम्मेवर व्यक्ति सगंमात्रै छाड्न आग्रह उनले गरेका छन् । सिमानामा आउने,जानेको व्याक्तिको विबरण राखिरहेको प्रवक्त शाहले जानकारी दिए । उनले थप कडाईका साथ चेकजाँच गर्ने बताए ।