सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको संक्रलमण बढ्दै
धनगढी २७ भाद्र । सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको संक्रलमण बढ्न थालेका छन् । जलवायु परिवर्तनका कारण पछिल्लो समय पहाडी क्षेत्रमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेको हो ।
सुदूरपश्चिममा प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका १ सय ७९ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीले बताए।
उनका अनुसार उच्च पहाडी जिल्ला बाजुरामा आठ जना, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेङ्गुका बिरामी देखापरेको छ । त्यस्तै डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेङ्गु देखापरेको सम्पर्क व्यक्ति जोशीले बताए ।
उनले भने,‘पहाडी क्षेत्रमा पहिला डेङ्गु, मलेरियालगायतका लामखुट्टेले सार्ने रोग देखिदैनथे, ‘सडकका विस्तार संगै यातायातका साधनको चहलपहल बढ्न थाल्यो, त्यसमै लामखुट्टेसमेत भित्रिन थालेको उनले बताए ।
डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने कार्य गरेको ‘स्वास्थ्य निर्देशनालयले दिएको छ ।
आवश्यक जाँचका लागि किट उपलब्ध गराउने कार्य गरिरहेको सम्पर्क व्यक्ति जोशील जानकारी दिए । उनका अनुसुार पहाडीसहित तराईका जिल्लामा जनचेतना फैलाउने कार्यसँगै डेङ्गु सार्ने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको छ ।