डोटीमा सुरक्षित गर्भपतन गराउनेको संख्या घट्यो

धनगढी २७ भाद्र । डोटीमा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्यामा घटेकोे छ । स्वास्थ्य कार्यालय डोटीका अनुसार पछिल्लो वर्ष सुरक्षित गर्भपतन गराउनेको संख्या घटेको पाइएको हो ।

आर्थिक वर्ष २०७५÷०६६ मा १ हजार १ सय ४७,२०७६÷०७७ मा १ हजार ३१, २०७७÷०७८ मा १ हजार १ सय ११ र आर्थिक वर्ष २०७८÷०७९ मा ९ सय २६ जनाले सुरक्षित गर्भपतनको सेवा लिएको स्वास्थ्य कार्यालय डोटीले जनाएक छ ।

सार्वजनिक गरेका तथ्यांकअनुसा जसमध्ये २० वर्षमुनिका आर्थिक वर्ष २०७५÷०६६ मा ७० जना, २०७६÷०७७ मा ४९ जना, २०७७÷०७८ मा ३५ जना र २०७८÷०७९ मा ४० जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए ।

परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालयका प्रमुख जोशीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.