प्रदेशले ल्याउन लागेको ऐनको विरोध गर्ने पाँच कर्मचारी पक्राउ

धनगढी २६ भाद्र । गण्डकी प्रदेश सरकारका पाँच कर्मचारी प्रक्राउ परेका छन् । प्रदेश सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना र विरोधमा उत्रिएका पाँच जना कर्मचारी प्रक्राउ परेका हुन् ।

अध्यादेशमार्फत ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्न रोकेको भन्दै गण्डकीका स्थानीय तहका निजामती कर्मचारीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार विरोधमा उत्रिएका थिए ।
ब्यानर निकालेर नाराबाजी गर्न लागेपछि मुख्यमन्त्री कार्यालयबाटै पोखरा महानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल र चन्द्रकान्त तिमिल्सिना लगायत ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.