कैलालीको मोहना नदीमा एक पुरुषको शव फेला

धनगढी । कैलालीको मोहना नदीमा एक पुरुषको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका १२ जुगेडास्थित मोहना नदीको किनारमा एक जनाको शव फेला परेको हो।
नाम, थर, वतन, नखुलेका पुरुषको शव सडेगलेको अवस्थामा हिजो फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.