भ्रष्टाचार विरुद्ध प्रथम शुदूरपश्चिम युवा सम्मेलन सम्पन्न

दिपक बम, धनगढी २५ भाद्र । धनगढीमा शनिबार भ्रष्टाचार विरुद्ध प्रथम शुदूरपश्चिम युवा सम्मेलन गरिएको छ । बास नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

भ्रष्टाचार विरुद्ध लागीरहने युवालाई प्रोत्साहन तथा थप सक्रिय बनाउन यूवा सम्मेलन गरेको बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बताए ।

उनले देशमा संघियता आउनु खुसिको कुरा भएको तर संघियता राम्रो सगं कार्यन्वयन हुन नसकेको,यसले भ्रष्ट्राचारलाई बढावा दिएको बताए । सिंहदरवारको अधिकार घर–घरमा नारा मात्रै भएको उनले बताए ।

शाहले जनताका लागी होईन नेता कार्यकर्ताका लागी सिंहदरवारमा हुने भ्रष्टाचार गाउँघरमा पुगेको बताए । उनले भने नेपाल प्राकृतिक सम्पदाले भरिपुर्ण देश हो ।

विश्व सामु नेपालको सर्वोच्च सिखर सगरमाथा,गौतम बुद्धको जन्म र जलस्रोतको दोस्रो धनी देशका नामले चिनिएको छ । त्यस्तै उनले अब नेपाल सबैभन्दा बढी भ्रस्टाचार हुने राष्ट्रको नामले चिनिन लागेको दावि गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको तथ्यांक अनुसार सबै भन्दा धेरै भ्रष्टाचार हुने रास्ट्रमा नेपाल पनि एक हो । आयोगका पुर्व सुचना अयुक्त कृष्ण हरि बास्कोटाका अनुसार नेपालमा सबै भन्दा धेरै भ्रष्टाचार निजामती कर्मचारी र स्थानिय तहका जनप्रधिनिधी बाट हुने गरेको छ ।

उनले सुदुरपश्चिम प्रदेश सरकारले संघिय सरकारको जस्तै प्रदेश सरकारले पनि सुशासन ऐन,शुसासन आयोग र भ्रष्टाचार विरुद्ध छुट्टै अभियान सञ्चांलन गर्न आग्रह गरे ।

सुदूरपश्चिम प्रदेशको शुसासन,समृद्धिका लागी कहिलै पछि नपर्ने सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहराले बताए । उनले सुदूरपश्चिममा भ्रष्टाचार निकै मौलाएको जानकारी दिए ।

पाँच वर्ष देखि प्रदेशको माननिय भएर बस्दा पनि प्रदेश सरकार लगाएत अन्य क्षेत्रमा भ्रष्टाचार विरुद्ध खबरदारी गर्दै आएको बताए । उनले भने , मन्त्री भएको चार महिना भयो,मैले प्रदेशको स्वास्थ्य र शिक्षा क्षेत्र लाई बढि प्राथमिकतामा राखेको छु

मन्त्री बोहराले सुदूरपश्चिम प्रदेश लाई देसकै नमुना प्रदेश बनाउने बताए । सु–सासन समृद्धि र भ्रष्टाचार मुक्त प्रदेशका रुपमा सुदूरपश्चिम प्रदेशलाई एक नम्बरमा ल्याउने मन्त्री बोहराले दावि गरे ।

बास नेपालको आयोजनामा विभिन्न विद्यालयका विद्यार्थि को उपस्थीतीमा धनगढीको चौराह देखि मुख्यमन्त्री कार्यालय सम्म शान्तिपूर्ण ¥याली निकालिएको थियो । उक्त कार्यक्रम ओम प्यालेसमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.