बाढी र पहिरोमा परी दार्चुलामा ९ जना वेपत्ता,महाकाली नदी थुनिदा दुहुँ र ब्याँस जोड्ने सडक डुवानमा

धनगढी २५ भाद्र । बाढी र पहिरोमा परी दार्चुलामा ९ जना वेपत्ता भएका छन् ।

बाढी र पहिरोमा परी वेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षिय चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षिय महामरी ठगुन्ना नौगाड–२ दल्लेकका ४० वर्षिय मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षिय मोहन लुहार, सोही ठाउँकी ४० वर्षिय सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षिय धन सिंह कार्की, उनका जेठा छोरा २० वर्षिय दिपक कार्की, १२ वर्षिय कान्छा छोरा दिनेश कार्की रहेको प्रहरीले जनाएको छ ।

यस्तै महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षिय मानमती साहु रहेका वेपत्ता भएका छन् । बाढीका कारण महाकाली नगरपालिका–४ का लाल सिंह धामीको ३ तले पक्की घरमा आंशिक क्षती भएको छ, भने २ ओटा नम्बर नखुलेको बोलेरो जिप बगाएको छ ।

यसैगरी सोही ठाउँ बस्ने अम्मर महरा, पदम सिंह महरा, कलावती पार्की, अमर पार्की, सरस्वती लुहार, करन पार्की, राजेन्द्र धामी, विर सिह कामी, दशरथनगर आधारभुत विद्यालयको भवनमा आंसिक क्षति पुगको प्रहरीले जनाएको छ । यस्तै दुहुँ र महाकाली जोड्ने लास्कु खोला झोलुंगे पुल र मोटरपुल बगाएको छ, भने लास्कु खोलामा आएको बाढी र पहिरोले महाकाली नदी थुनिएर ताल बनेको छ ।

महाकाली नदी थुनिदा दुहुँ र ब्याँस जोड्ने सडक डुवानमा परेको छ । बाढीले पार्किङमा राखेका ५ बोलेरो जीप बगाएको छ, भने १ ट्याक्टर र १ अल्टो कार बगाएको प्रहरी जनाएको छ । अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानिय लगायतले खोज तथा उद्दार गरिरहेका छन् ।

यस्तै बाढी र पहिरोमा परी दार्चुलामा ५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.