कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि पत्रकारको भुमिका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रशान्त ऐर १९ धनगढी,
धनगढीमा बिहिबार(आज) कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि पत्रकारको भुमिका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धनगढीको एक होटेलको सभाहलमा उक्तकार्यक्रम समापन भएको हो । आयोजकमा नेपाल पत्रकार महांसघ सुदुरपश्मि प्रदेश समिती र सामाजिक विकास मन्त्रालयको सहकार्यमा उक्त कार्यक्रम आयोजना भएको हो ।
कोभिड १९ माहामारि चलिरहेका बेला जन मानसमा पत्रकारको के कस्तो भुमिका रह्यो र के कस्ता भुमिका रहनु पर्छ भन्ने बिषयमा अन्तरक्रिया भएको हो ।
“यसै बिच सामाजिक विकास मन्त्रालयका मन्त्री लाल बहादुर खड्काले उक्त कार्यक्रमको ‘उद्धघाटन’ गर्दै भन्नु भयो कैलाली जिल्ला छिमेकी देश भारतको सिमा नाका नजिक भएकाले कोरोनाको बढी प्रभाब पर्ने भएकाले नाकामा हेल्त डेस्क स्थापना गरि कोरोना परिक्षेण गरिरहेका छौँ साथै अब सेती महाकाली टेली मेडिसियन सुरुवात गर्न छलफल चलीरहेको बताए ।
साथै कोरोना कहरमा आम जनमानसमा सहि सुचना दिई जिल्ला भित्रका पत्रकारहरुले एकदमै राम्रो भुमिका खेलेको र सधैँ सहि सुचना दिई हरेक ठाँउका कमि कम्जोरिहरुको सहितरिका लेख्न हुने बताए । “कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका अध्यक्ष योगेश साँउदले कोरोनाको माहोलमा आम नागरिकलाई समुदाय स्थिरबाटै सचेत पार्ने सुचना अनी पत्रकारको भुमिका अत्येन्तै राम्रो भएको बताए । हाल सम्म कोरोनाको पहिलो डोज ७० प्रतिशत र दास्रो डोज ६८ प्रतिशतले लगाएको छ ।
उक्त कार्यक्रममा पत्रकार,सँञ्चारकर्मि सबैको उपस्थिती रहेको थियो ।