अछामका महर भ्वाईस अफ नेपालमा सबैको मन जित्दै
धनगढी । अछाम जिल्लाको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका आशिष महर भ्वाईस अफ नेपाल सिजन ४ मा पुगेका छन् । डिजिटल अडिसन पार गरेर ब्लाईण्ड अडिशनको लागी उनी काठमाण्डौँ पुगेका हुन् ।
ब्लाईण्ड अडिसनमा महरले रामचन्द्र काफ्लेको स्वरमा रहेको सुदूरपश्चिमको भाका हिमाल हिंउ पडिगयो बोलको गित गाएर चारै जना कोचलाई फर्काउन सफल भएका छन् ।
डिजिटल अडिसनमा सफल भएपछि उनलाई भेट्न भ्वाईस अफ नेपालको टिम अछामको मेल्लेख आईपुगेको थियो ।ब्लाईण्डका लागि निम्तो दिएर टिम फर्किएको थियो ।
सिजन ४ को पहिलो श्रृंखलामा चारै जना कोचका कुर्सी घुमाउने उनि पहिलो र एक मात्र सहभागी हुन् । उनको प्रस्तुती देखेर चारै जना कोच पनि प्रभावित भएका थिए । ब्लाईण्डमा सफल भएका महरले अब ब्याटलमा प्रतिष्पर्धा गर्नुपर्नेछ ।
स्टेचमा चढ्दा आफुलाई यति राम्रो माहोल बन्छ भन्ने कल्पना नगरेको उनले बताए । उनले टिम प्रमोदलाई छनोट गरेका छन् ।