दार्चुलामा बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ५ पुग्यो

धनगढी, २५ भाद्र। शुक्रबार सुदूरपश्चिम प्रदेशको दार्चुलाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संस्खया पाँच जना पुगेको छ । राती परेको वर्षाले दार्चुलामा ज्यान गुमाउनेको संख्या ५ पुगेको प्रहरीले पुष्टी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक जगत गाहामगरका अनुसार माहाकाली ३की मानमती काँर्की, माहाकाली २का नन्दरानम बोहरा, नौगाड २का मोहनराम पार्की, नौगाड १का जानकी ठगुन्ना र धनमती ठगुन्नाको सब भेटिएको छ । अन्य ४ जना पनि अझै बेपत्ता भएको जानकारीमा आएको छ । अहिले घटना स्थालमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।

महाकाली नदी र लस्कु नदीमा आएको बाढीले महाकाली नगरपालिका वडा नम्बर २, ३ र ४ का ११ घर बगाएका छन् । महाकालीका आएको उच्च बाढीले लस्कु नदीको बहाव छेक्दा वरपरका घर जोखिममा परेका छन् । प्रहरीका अनुसार अनुसार लस्कु खोलाको बाढीले डुङ्ग्री गाउँ जोड्ने झोलुङ्गे पुल बगाउनुका साथै बनाउँदै गरेको पक्की पुलमा समेत क्षति पुगेको छ ।

अहिलेसम्म लस्कु नदीले गाउँको एक विद्यालय, ११ वटा घर, दुई पुलका साथै केही सवारी साधन समेत बगाएको प्रहरीले बताएको छ ।

 अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानिय लगायतले खोज तथा उद्दार गरिरहेका छन् । यसैबिच बाढी र पहिरोमा परी गम्भिर घाइते भएकाहरुलाई उद्दार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाका हेलिकप्टर आइरहेको छ । सोही हेलिकप्टरले बाढी र पहिरो प्रभावित क्षेत्रका नागरिकको लागि अवश्यक राहत सामाग्री समेत ल्याउने जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.