कैलालीको एक स्वास्थ्य चौकीको सेवा प्रभावकारी नभएको स्थानीयको गुनासो

धनगढी २४ भाद्र । कैलालीको एक स्वास्थ्य चौकीका कर्मचारीहरुले समयमा विरामीलाई सेवा नदिने गरेको स्थानीयले आरोप लगाएका छन् । कैलालीको खानीडाडामा रहेको खानीडाडा स्वास्थ्यचौकी का कर्मचारीहरु कार्यालय समयमा सुत्ने गरेको स्थानीयले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार डिउटी समयमा कार्यालयमा उनीहरु सुतेका हुन्छन्,बिरामी गएपछि सुतेको ठाउँबाट ब्यूझाँएर ल्याउनु पर्ने हुन्छ ।स्वास्थ्य जस्तो सवेंदनसिल क्षेत्रका कर्मचारी दिउँसै मस्त निदाउँने भएकोले सेवाग्राही मारमा परेका छन्।विरामी गएपछि कर्मचारीलाई कहाँ छन् भनेर खोज्न जानु पर्ने बाध्यता रहेको छ ।

स्वास्थ्य चौकीका कर्मचारीहरुले उपचारमा ध्यान नदिदा स्थानीय जनता बिरामी परे सामान्य उपचारको लागि पनि अत्तरीया लगाएतका ठाउँमा आउँन बाध्य छन् । चेकजाँच नगरेरै औषधि दिने गरेको पनि स्थानीयले आरोप लगाए ।

स्वास्थ्य चौकीका ईन्चार्ज सागर कार्कीले भने कर्मचारी सुते भन्ने आरोप निराधार भएको बताए । उनले भने स्वास्थ्य चौकीको भवन २ कोठाको मात्र छ,कर्मचारी बस्न समेत हुदैन कर्मचारी सुते कहाँ सुत्लान् ।

उनले सो क्षेत्रमा राजनिती धेरै हुने भएकोले राजनितकि पूर्वाग्राहीको कारणले त्यो कुरा आएको हुन सक्ने दावि गरे ।

कार्यालयमा दुई जना स्टाफकोे बच्चा भएकोले दुध खुवाउन जानु पर्ने बाध्यता भएकोले केहि असहज भएको कार्कीले जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.