धनगढीमा भ्रष्टाचार विरुद्ध ५० कार्टुन प्रदर्शन

धनगढी २४ भाद्र । शुक्रबार धनगढीमा भ्रष्टाचार विरुद्ध कार्टुनिस्ट उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा आज धनगढी स्थित कैलाली जनपुस्तकालयको सभा हलमा सम्पन्न भएको हो ।

कार्टुनिस्ट क्लब अफ नेपालले कार्यक्रममा भ्रस्टाचार विरुद्ध ५० ओटा कार्टुन प्रदर्शन गरिएको थियो । विभिन्न विद्यालय बाट आएका विद्यार्थिले समेत भ्रष्टाचार विरुद्ध विभिन्न कार्टुन प्रदर्शन गरेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी उप-सभामुख निर्मला जोशिले उक्त कार्टुन हेर्दा आफू नपरेको बताइन् ।

उनले भ्रष्टाचार भनेको राज्यको खतर्नाख किरो भएको बताइन् । भ्रष्ट भनेको पतन हुनु,लाज पचाएको र आचार भनेको उस्को व्यवहार,व्यवहार भएको उनले बताइन । त्यसैले एक अर्काको अपमान गर्नु, केटाकेटीले एकअर्कालाई जिस्काउनु पनि भ्रष्टाचार भएको उनको तर्क छ ।

जोशिले राज्यको मेरुदण्द भनेको अर्थतन्त्र भएको र अन्य अङ्ग भनेको उप संरचना भएको बताईन् । उनले भनिन् आज दप्रदर्शन गरिएको कार्टुन भित्र म परेन, डराएकी थिए अहिले बचे जस्तो लाग्यो ।

कार्टुनले व्याङगे गरेको कुराले प्रत्यक्ष प्रभाव नपरे पनि अप्रत्यक्ष रुपमा दृर्घकालीन प्रभाब पार्ने बरिष्ठ कार्टुनिस्ट अविन श्रेष्ठले बताए । उनले भ्रष्टाचार शुसासनको क्यान्सर रोग जस्तै भएको बताए ।

सुदूरपश्चिममा अहिले स्वास्थ्य शिक्षा,राजनिती जस्ता क्षेत्र बाट व्यापक भइरहेको कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्षले बताए । उनले कार्टुनिष्ट क्लबको स्थापना भएदेखि उपत्यका बाहिरको पहिलो कार्यक्रम भएको बताए ।

भावि दिनमा युवाले नै राज्यको नेतृत्व गर्ने भएकाले कार्टुन प्रदर्शन युवाहरुलाई थप शुसासन तर्फ आकर्षक गर्ने उनले बताए । सो कार्यक्रम भोली दिउस २ बजे सम्म रहने उनले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.