कैलालीको घोडाघोडी नगरपालिकामा १५ वर्षीया बालिका बलात्कृत

धनगढी, २४ भदौ । कैलालीको घोडाघोडी नगरपालिकामा १५ वर्षीया बालिका बलात्कृत भएकी छन । डेउडा हेर्न गएको बेला २१ गते राती ४ जनाले सामुहिक रुपमा बलात्कार गरेको भन्दै बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दिएकी छन ।

आरोपी ४ जना मध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । काम छ भन्दै एकान्तमा बोलाई जवरजस्तीकरणी गरेको जाहेरीपत्रमा उल्लेख छ।

बालकिा सुखड बजारमा भैरहेको डेउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले बताएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.