बैतडीकी बेपत्ता भएकी किशोरी मृत फेला

धनगढी २४ भाद्र । बैतडीकी बेपत्ता भएकी किशोरी मृत फेला परेकी छिन् । उनी धनगढीबाट बेपत्ता भएकी थिइन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ७ माइखर्कका दिपक शर्माकी छोरी आस्था शर्मा शुक्रबार बिहान कैलाली भएर बग्ने मोहना नदी किनारमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोमबार उनी विद्यालय जान्छु भनेर घरबाट हिँडेकी थिइन्। त्यसपछि बेपत्ता भएकी उनको खोजीको लागि प्रहरी टोली खटिएको थियो । यहि भदौ २० गते विहान ८ बजे धनगढि उपमहानगरपालिका १३ मोहनपुर आफ्नै घरबाट त्रिभुवन मावि बोराडाडि स्कुल जान्छु भनी घरबाट निस्के किशोरीको आज भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा शव फेला परेको बताएको छ ।

शवले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको कैलाली प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.