सन्दिप असफल कप्तान नेपालको बदनाम गराए,क्यान पनि असफल
विष्णु भट्ट ,धनगढी २४भाद्र । किशोरा अवस्थामै सफलताको शिखरमा पुगेका राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान सन्दीप लामिछानेको सबै थोक गजब चलिरहेको थियो । उनले करिब एक दशकको क्रिकेट करिअरमा एकपछि अर्को व्यवसायिक सफलता पाएका थिए ।
टी–२० लिगमा नेपालको ग्लोबल स्टारकै रुपमा छाएका उनले पछिल्लो समय नेपालकै राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने अवसर पाएका थिए तर उनलाई अहिले एक नावालीकालाई बलात्कार गरेको आरोप लागेको छ । उनले नेपाल र नेपालीको नाक काटेका छन् । उनलाई क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान नियूक्त गर्नु नै भूल थियो । सिनियर खेलाडीलाई किक आउट गरी राजनैतिक पूर्वाग्रह राखी जुनियर खेलाडी लामिछानेले नेपालको राष्ट्रिय क्रिकेट टिमको कप्तानी राम्रो सगं समाल्न सकेका थिएनन् ।
हालसालै केन्या सगं भएको टी–२० खेलमा पनि उनको कप्तानी धर्मरायो तर रोहित पौडेलको कप्तानीमा भएको नेपाल र केन्याबीच एकदिवसीय श्रृङ्खलाको खेल भने नेपालले क्लिन स्विप गर्यो । नेपाल र केन्याबीच पाँच खेलको टी–२० सिरिजमा नेपाल ३–२ ले विजयी भएको थियो। तर टी–२० वरीयतामा नेपालभन्दा तल रहेको केन्यासँग दुई खेलमा पराजित हुँदा नेपालको वरीयता खस्किएको छ ।
कप्तान सन्दीप लामिछाने रहेको नेपाल ८ वर्षपछि विश्वकपमा पुग्ने निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित भएर नेपालको विस्वकप खेल्ने सपना उनकै कप्तानीमा अधुरो रहेको थियो ।ग्लोबल क्वालिफायरमा आफ्नो समूहको सबै खेल जितेर सेमिफाइनलमा पुगेको नेपाल युएईविरुद्ध निरीह बन्दा विश्वकप छनोटको नजिक पुगेर पुनःविश्वकप खेल्नबाट वञ्चित भएको थियोे ।
आइसिसी पुरुष विश्वकप क्रिकेट लिगमा नेपालले उनको कप्तानीमा खराव प्रर्दसन गरिरहेको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले एकदिवसिय मान्यता गुमाउने चिन्ता गरिएको छ । तालिकामा २० खेल खेलेर १७ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ । तालिकाको शीर्षस्थानमा रहेको ओमानले लिग–२ का सबै खेल खेलिसक्दा ३६ खेलबाट ४४ अङ्क जोडेको छ ।
दोस्रो स्थानको स्कटल्यान्डले २४ खेलबाट ३४, तेस्रो स्थानको संयुक्त अरब इमिरेट्स (यूएई) ले २२ खेलबाट २६, चौथो स्थानको अमेरिकाले २४ खेलबाट २३, पाँचौँ स्थानको नामिबियाले १८ खेलबाट १८ र पुछारमा रहेको पपुवा न्युगिनी (पीएनजी) ले २० खेलबाट दुई अङ्क जोडेको छ । नेपालले अब विस्वकपमा छनोट हुनु भन्दा पनि एकदिवसिय मान्यता जोगाउन समस्या देखिएको छ ।
पछिल्लो एक दुई दिन यता सामाजिक सञ्जाल छोटो समयमै करिअरको चुचुरोमा पुगेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि लागेको आरोपको समाचारले रङ्गिएको छ । सन्दीपमाथि लागेको आरोपपछि समर्थकहरु निराश र आक्रोशित बनेका छन् भने कतीपयले अब नेपाली क्रिकेटले नयां कप्तान पाउँने र क्रिकेट नियमित ढगंले अगाडी बढ्ने बताएका छन् ।
लामिछानेमाथि बज्रपात हुने संकेत देखिएको छ । आरोप पुष्टि भए उनी १२ बर्ष जेल जानेछन् । बलात्कार जस्तो जघन्य अपराध गरेको आरोप उनीमाथि लागेको छ।
मंगलबार १७ वर्षकी किशोरीले आफूलाई लामिछानेले होटलमा लगेर पटक पटक बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।
प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिने तयारी अगाडि बढाइसकेको छ। यससँगै उनलाई उनी रहेको देशको स्थानीय प्रहरी वा इन्टरपोलको सहयोगमा नेपाल ल्याउने तयारी पनि सुरु भइसकेको छ। उनी क्यारेबियन प्रिमियर लिग खेल्न गएका छन् र अहिले सेन्ट लुसियामा छन् ।
बन्द प्रशिक्षणका बेला एउटा खेलाडीलाई बलात्कारको आरोप लाग्नु गम्भिर विषय हो । यसमा क्यानको चरम लापरवाहि भएको छ । नेपालको क्रिकेट विकास नहुनुको मुख्य दोसी नै क्यान भएको बिस्लेषण गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र निःवर्तमान राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का विच कुरा नमिल्दा पारसले नेपालको राष्ट्रिय क्रिकेट टिमको कप्तान बाट राजिनमा दिनु परेको थियो ।
क्यानमा हुने राजनितीले नेपालको क्रिकेट खेल अन्यौलमा परेको छ । अब क्यानले नयाँ कप्तानको जिम्मा कसलाई दिन्छ र खेल विकासमा कस्तो भूमिका खेल्छ त्यो भने हेर्न बाकी छ ।