दार्चुलामा डेंगुका कारण पाँच वर्षीया नाबालिकाको मृत्यु

धनगढी २३ भाद्र । दार्चुलामा डेंगुका कारण पाँच वर्षीया एक नाबालिकाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामीको मृत्यु भएको हो ।

बालिकालाई एक्कासी ज्वरो आएको भदौ २० गते जिल्ला अस्पताल दार्चुला ल्याएर चेकजाँच गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखाएको संयोजक स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिए ।

बालिकामा डेंगु र स्क्रब टाइफसको संक्रमण पुष्टि हुदा समेत आफन्तहरुले भर्ना गरेर उपचार गर्न नमानकोे अस्पतालले जनाएको छ ।

विरामी बालिकालाई अस्पताल नलगेर घरमै लगेको र घरमा ज्वरोले बढी च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा उनको ज्यान गएको बताइएको छ ।

जिल्लामा हाल सम्म ३९ जनामा डेंगुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.