उम्मेदवार खर्च विवरण नबुझाएकालाई ७ दिन भित्र स्पष्टीकरण दिन आयोगको निर्देशन

धनगढी २३ भाद्र । बैशाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएकालाई निर्वाचन आयोगले ७ दिन भित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

कानुनले तोकेको ३० दिन भित्र विवरण नबुझाएकाहरुलाई ७ दिन भित्र सफाइसहितको स्पष्टिकरण पेश गर्न भनेको हो । आयोगले बिहिबार एक सूचना जारी गर्दै नगर कार्यपालिका,गाउँ कार्यपालिका र जिल्ला समन्वय समितीको चुनावमा उम्मेदवार बनि खर्च विवरण बुझाएकाहरुका नाम बुधबार आयोगले सार्वजानिक गरेको थियो ।

आयोगका अनुसार स्थानिय तह निर्वाचनमा उम्मदवार बनेका ८५ प्रतिशतले चुनावी खर्च बुझाएका छैनन् । निर्वाचन आयोगले बुधबार निर्वाचन खर्च समयमै पेश गर्ने र खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.