धनगढीमा जग्गा कित्ताकाट गर्न पाइने
धनगढी। धनगढी उपमहानगरपालिकाले थप चार वडालाई आवासीय क्षेत्र घोषणा गर्दै १५ वडाको जग्गा कित्ताकाट फुकुवा गरेको छ ।
उपमहानगरपालिमा बुधबार बसेको कार्यपालिकाको बैठकले वडाका थप चार वडासहित नौ वडाको जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो । १९ वडा रहेको धनगढी उपमहानगरपालिकाले थप चार वटा वडालाई आवासीय क्षेत्र घोषणा गरे सँगै उपमहानगरपालिकाभित्र ६ वडा आवाशिय क्षेत्र भएका छन्।
धनगढी उपमहानगरपालिकाले वडा नं. १ र ४ लाई असार ३१ गतेनै आवासीय क्षेत्र घोषणा गर्दै जग्गा कित्ताकाट फुकुवा गरेको थियो । बुधबार बसेको बैठकले वडा नं. २, ३, ५ र ११ लाई आवाशिय क्षेत्रभन्दै जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए ।
वडा नं. ६ का वडा अध्यक्ष भागीराम चौधरीले मुख्य सडक किनारदेखि दायाँ बायाँ ८० मिटर र शाखा सडकको दायाँ बायाँ रहेको ५० मिटरसम्मलाई गैर कृषि क्षेत्र घोषणा गरी जग्गा कित्ताकाट फुकुवा गरेको हो ।
वडा नं. ९ का वडा अध्यक्ष प्रेमबहादुर भण्डारीले सडक किनारदेखि दायाँ बाँया एक सय ५० मिटर गैरकृषि क्षेत्र भन्दै जग्गा कित्ताकाट फुकुवा गरेको बताए । उनले भने मुख्य सडक, शाखा सडक, ग्राभेल तथा कालोपत्रे सडकको दायाँ बायाँ एक सय ५० मिटरसम्मलाई हामीले गैरकृषि क्षेत्र मानेका छौं ।’ अब वडामा ७५ प्रतिशत कृषि र २५ प्रतिशत क्षेत्रफल आवासीय हुनेछ ।
वडा नं.१२ ले पुनर्वास आवास क्षेत्रले उपलब्ध गराएको आवास र कृषि प्लट तथा मुख्य रोडको ३० मिटर दायाँ र बायाँसम्म आवास क्षेत्र बनाउने गरी जग्गा कित्ताकाट फुकुवा गरेको छ ।
संघीय भूमि व्यवस्था मन्त्रालयले २४ जेठमा कृषि योग्य भूमि र आवासीय क्षेत्रको जग्गाको कित्ताकाट गर्न रोक लगाएको थियो । संघीय भूमि व्यवस्था मन्त्रालयले तराई र भित्री मधेसमा एक रोपनी पाँच आना ३.६ दाम ९६७५ वर्गमिटर० र उल्लेखित क्षेत्रबाहेकका भू–भागमा एक रोपनी १५ आना एक पैसा तीन दाम (एक हजार वर्गमिटर) क्षेत्रफलभन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ ।
लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट वडा तहबाट खुलाउने विषय उपयुक्त नभएको स्थानीयहरु बताउँछन् ।