सुदूरपश्चिमका केही जिल्लामा ‘टाइम कार्ड’ लागू

दिपक बम,धनगढी २२ भाद्र । सुदूरपश्चिमका केही जिल्लामा सवारी साधनमा टाइम कार्ड सुरु गरिएको छ । प्रदेशका कैलाली कञ्चनपुर डोटी, डडेल्धुरा मा मंगलवार (आज)देखि सवारी साधनमा टाइम कार्ड सुरु गरिएको हो ।

पछिल्लो समय चालकको लापर्वाही तथा ओभर स्पिडमा सवारी साधन चलाउँदा दुर्घटना बढ्न थाले पछि टाइम कार्ड सुरु गरीएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन अत्तरिया कैलालीका प्रहरी नायब उपरिक्षक दिपेन्द्र कुमार पालले जानकारी दिए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन अत्तरिया कैलालीका अनुसार महेन्द्रनगर देखि अत्तरिया सम्म ४३ किलो मिटर १ घण्टा,अत्तरिया देखि सुख्खड ४२ किलो मिटर १ घण्टा र सुखड देखि चिसापानी ३६ किलो मिटर ५० मिनेट भन्दा अगाडी सवारी साधन पुगेमा सवारी साधन ओभर स्पिडमा चलाएको मानिने छ ।

त्यस्तै,महेन्द्रनगर देखि गोदावरी ४९ किलो मीटर १ घण्टा १५ मिनेट, गोदावरी देखि बुडर ५५ कीलो मिटर २ घण्टा १५ मिनेट र बुडर देखि डडेल्धुरा सम्म ५४ किलो मिटर २ घयटा १५ मिनेट भन्दा अगाडि सवारी साधन पुगे कारबाही गरीने जनाइएको छ ।
तोकिएको समय भन्दा पछाडि जति बेला पुगे पनि हुने तर टाइम कार्डको समय भन्दा अगाडि पुगे सवारी साधन ओभर स्पिड चलाएको हुने भएकाले कारबाही गरिने प्रहरी प्रवक्ता पालले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.