क्यानले बोलायो आकस्मिक बैठक,सन्दीपलाई कप्तानबाट हटाइने

धनगढी,२२ भाद्र । नेपाल क्रिकेट संघ (क्यान) को आकस्मिक बैठक आज बस्दैछ । राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार साँझ प्रहरी वृत्त गौशालामा बलात्कार गरेको उजुरी परेका थियो ।

सन्दीपकै विषयलाई लिएर क्यान बैठक बस्न लागेको हो । अध्यक्ष चतुरबहादुर चन्द आजै धनगढीबाट काठमाडौं आउँदै छन् । अध्यक्ष चन्दका अनुसार क्यानको बैठक साँझ बस्नेछ ।

‘सन्दीपको विषयमा मात्रै होइन । अरु एजेन्डाका कारण पनि बैठक बस्न लागेको हो । सन्दीपको कुरामा हामी नियम अनुसार नै कदम चाल्छौँ । सन्दीपविरुद्ध आरोप लागेको हो । प्रमाणित भएको होइन । हामी अनुसन्धान गर्न सघाउँछौँ ।’

बैठकले कप्तान सन्दीपलाई दिएको जिम्मेवारीबाट हटाउन सक्नेछ । भदौ ५ गते पिंगलास्थानको काठमाडौं होटल इनमा राखेर बलत्कार गरेको बयान दिएकी थिइन् ।

 उनी क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज उडेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.