कप्तान लामिछाने विरुद्ध बलात्कारकार गरेको भन्दै प्रहरीमा उजुरी ✍️ रेडियाे एक्टिभ प्रकाशित मिति भदौ २२, २०७९ धनगढी ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बिरुद्ध १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा आज साँझ जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको छ। प्रहरीले पीडित भनिएकी बालिकाको आज साँझ मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोत बताउँछ । यस विषयमा प्रहरी अधिकारीहरू थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन् ।समाचार स्रोतका अनुसार सोमबार नै प्रहरीमा उजुरी दिने तयारी भएको थियो । तर मंगलबार साँझ मात्र उजुरी परेकाको हो। यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ।