कञ्चनपुरमा सर्पको टोकाइबाट छोराको मृत्यु,आमा गम्भीर घाइते
धनगढी २१ भाद्र । कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको बेदकोट जिल्लाको नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको सोमबार मृत्यु भएको हो ।
घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका जानकारी दिए ।
शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको प्रहरीले बताएको छ । प्रहरिका अनुसार मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत गम्भीर घाइते भएकी छन् ।
यही भदौ १८ गतेसुतिरहेको बेला घाँटीमा सर्पले डसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको सघन उपचार कक्षमा मञ्जुको उपचार भइरहेकोे छ ।