सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको टुंगो भोलीसम्म लाग्छ,अध्यक्ष दाहाल

धनगढी,२१ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको टुंगो भोलीसम्म लाग्ने बताएका छन् । मंगलबार साँझसम्म कार्यदल स्तरबाट सहमतिको प्रयास भइरहेको र बुधबार (भोली)शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाइने उनको भनाइ छ।

कांग्रेसले १०० सिट हामीले ६० एकीकृत समाजवादीले २५ र जसपा २५ दाबी गरिराखेको भए पनि यसैलाई आधार बनाएर सबै पार्टीका प्रतिनिधि बसेर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रसम्म बसेर टुंगो लगाउने, मिलेको जति मिलाउने र त्यसपछि शीर्ष तहमा बसेर टुंगो लगाउने कुरा भएकोबताए ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी कैलालीमा पार्टी कार्यक्रमका लागि पुगेका दाहालले बुधबार विमानस्थलमा संघीय र प्रदेशका सबै निर्वाचन क्षेत्रको टुंगो शीर्ष तहबाट नै लगाउने गरी काम भइरहेको जानकारी दिए । निर्वाचनको सन्दर्भमा गठबन्धनमा हामीले सिटसंख्या क्षेत्र र प्रदेश एकैपटक टुंग्याउने भनेर सबै पार्टीका प्रतिनिधिलाई आज बेलुकासम्मको समय दिइएको छ । भोलि शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाउने कुरा भएको छ,उनले भने ।

सबै पार्टीले गरेका दाबी सुन्ने र पछि शीर्ष तहबाट टुंगो लगाउने दाहालको भनाइ थियो । कांग्रेसमा शेखर कोइराला पक्षले १०० सिट आफ्नो पार्टीलाई हुनुपर्ने माग गरेको छ । यस्तो अवस्थामा दाहालको यस्तो प्रतिक्रिया आएको हो ।
त्यस्तै, प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म रहने कुरामा सरकार र सत्तारुढ गठबन्धन स्पष्ट रहेको दाहालको भनाइ थियो । प्रतिनिधिसभामा संसद्को कार्यकाल लम्ब्याउने व्यवस्थासहितको कानुन संशोधन विधेयक ल्याएकोमा दाहालले त्यसो नगरिने बताए । संसद्को कार्यकाल एकदिन पनि यताउता गर्नु हुँदैन भन्ने हो । मनोनयनपछि संसद् एक दिन पनि रहँदैन,उनले भने ।
कांग्रेसले चर्चा गरिरहेको जस्तो १०० सिट भन्नुभएको छ । पछि ८० को वरिपरी आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौं । त्यसको वरिपरी मिलाउने हो उनले थपे ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.