आज शिवरात्रि ,देशभर मनाईदै

प्रशान्त ऐर १७ फागुन धनगढी,

हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । हरेक ठाँउठाँउका शिवालयमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ ।

शिवरात्रिको दिन आज भक्तजनले शुद्ध भइ शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ त्यही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ ।

शिवरात्रिको दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.