शक्तिको दुरुपयोग गरि भान्छे बनाएकी अध्यक्षकी आफ्नी श्रीमती पद मुक्त

धनगढी २१ भाद्र । अछामको रामारोशन गाउँपालिका अध्यक्षले आफ्नै पत्नी भान्छेबाट राजीनामा दिएकी छन् । अध्यक्ष उनलाई थप अधिकारसहित भान्छे नियुक्ति गरेको समाचार बाहिरिए पछि भान्छेबाट राजीनामा दिएको हो ।

स्थानियबाट चर्को आलोचना भए पछि गाउँपालिकाले अध्यक्षकी श्रीमती जयसरा साउदको राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार जयसराले बुझेको ३१ हजार ६३० रुपियाँ गाउँपालिकाको सञ्चित कोषमा जम्मा भएको छ ।

उनले जेठको आधा महिना र असार गरेर डेढ महिनाको रकम फिर्ता गरेको बताएको छ । गाउँपालिका अध्यक्ष मानबहादुर साउदले गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा विजयी हुनेबित्तिकै श्रीमती जयसरालाई भान्छेसँगै आफू गएको ठाउँमा जाने र भत्ता पाउने गरी नियुक्त गरेका थिए ।

जयसराको राजीनामा स्वीकृतिसँगै भान्छे पदसँग गरिएको सम्झौता रद्द भएको छ । श्रीमतीलाई भान्छे नियुक्ति गरेकोको सूचना बाहिरिए पछि अधिकांशले शक्तिको दुरुपयोग गरेर आफ्नी श्रीमतीलाई भान्छे नियुक्त गरेको भन्दै चर्को विरोध गरेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.