बैतडीमा २८ सय नयाँ मतदाता थपिए

धनगढी २० भाद्र । बैतडीमा करिब २८ सय मतदाता थपिएका छन् । जिल्लामा गत असार १ गते बाट फोटोसहितको मतदाता नामावली संकलन गरिएकोमा २ हजार ८ सय ८ जना मतदाता थपिएका हुन् ।

आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको संघीय र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी हुन २ हजार ८ सय ८ जना मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले बताए । हाल बैतडीमा कुल मतदाताको संख्या १ लाख ५१ हजार ४ सय १४ पुगेको छ ।

अधिकारी फुयालका अनुसार गत असार १ गतेदेखि निर्वाचन कार्यालय, प्रशासन र इलाका प्रशासन कार्यालय पुरचौडी हाटमा फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो ।

नयाँ थपिएका मतदातामध्ये १ हजार ५ सय ९ जना पुरुष र १ हजार २ सय ८९ जना महिला रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

प्रदेश र प्रतिनिधी सभा निर्वाचनको मिति घोषणासंगै मतदाता नामावली संकलन कार्य बन्द गरिएको आयोगले जनाएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बैतडी जिल्लामा पनि तयारी भइरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.