कञ्चनपुरमा जातिय विभेद गर्ने पुजारी पक्राउ
धनगढी २० भाद्र । कञ्चनपुरमा दलित भनेर जातिय विभेद गर्ने पुजारी पक्राउ परेका छन् । भिमदत्त नगरपालिका १० का सहदेव भट्टले ऋषि पञ्चमीका दिन दलित समुदायका ब्रतालु महिला माथि विभेद गर्ने पुजारीलार्य प्रहरीले पक्राउ गरेको हो ।
भट्टले व्रतका दिन पुजा गर्ने क्रममा गोत्र सोध्दा थर खुलेपछि पुजा नगर्ने भन्दै विभेद गरेको पिडितले बताइन् । हिजो (आइतबार) भीमदत्त नगरपालिका ५ का सन्जु नेपालीले आफुमाथि जातिय छुवाछुत गरेको भन्दै पुजारी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुत अपराध सम्बन्धी मुद्दा जाहेरी दर्ता गरेकी थिइन् ।
उजुरीको आधारमा पुजारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाईएको छ ।