पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट समितिको बैठक बस्दै
धनगढी २० भाद्र । पाँच दलीय सत्ता गठबन्धनको प्रतिनिधि र प्रदेशसभाका निर्वाचनका लागि बनेको सिट बाँडफाँट समितिको बैठक आज (सोमबार) बस्दैछ । आइतबार बसेको बैठकले चाडै सिट बाँडफाँट टुङ्याउने भन्दै बैठक सोमबार बस्न लागेको हो ।
हिजो(आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गर्न निर्देशन दिएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकले गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि बढेको जानकारी दिए ।
उनले गठबन्धन कार्यदलको बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र),
नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता थियो ।