नेपालमा डेंङ्गु महामारीको रुपले फैलिदैःस्वास्थ्य संङ्कटकाल घोषणा गर्ने सरकारको तयारी

धनगढी २० भाद्र । नेपालमा ७५ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुले महामारीको रुपले फैलिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु संक्रमित पुष्टि भएको छ । ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि भएको पाईएको छ ।

गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेङ्गु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ । डेंङ्गुको संक्रमण तिव्र गतीमा फैलिरहेकाले स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै ललितपुरमा एक हजार ८सय ३२,काठमाडौँमा ८८८, भक्तपुरमा ९९ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्ला दिनमा उपत्यकालगायत ७५ वटै जिल्लामा डेङ्गले महामारीको रूप लिन थालेपछि डेङ्गु प्रकोपलाई महामारीका रूपमा घोषणा गर्ने छलफल भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले जानकारी दिए ।

स्वास्थ्य सङ्कटकाल (महामारी)घोषणाका लागि केही प्रावधान पूरा गर्नुपर्ने भन्दै ती प्रावधान पूरा भए सङ्कटकाल लगाउन सकिने ठाकुरले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.