कञ्चनपुरमा कांग्रेसले गठबन्धन नगर्ने

धनगढी २० भाद्र । कञ्चनपुरमा कांग्रेसले गठबन्धन नगर्ने भएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा कांग्रेसले कञ्चनपुर क्षेत्र नम्बर १ गठबन्धन नगर्ने निर्णय गरिएको हो ।

सङ्गठन बलियो रहेको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस एक्लै निर्वाचन जित्न सक्षम रहेको नेपाली कांग्रेस कञ्चनपुरको दावि छ ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा क्षेत्रका ४ मध्य २ पालिका नेपाली कांग्रेसले जितेको थियो ।

सोहि आधारमा कांग्रेसको सङ्गठन बलियो देखिय पछि गठबन्धन नगर्ने निर्णय गरिएको जनाइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.