सेती प्रादेशिक अस्पताल धनगढीबाट मिर्गौला प्रत्यारोपण गर्ने व्यवस्था मिलाइने

धनगढी । सुदूरपश्चिम प्रदेशको रेफ्रल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीबाट मिर्गौला प्रत्यारोपण गर्ने व्यवस्था मिलाउनको लागी सम्झौता भएको छ । आइतबार एक कार्यक्रमका बिच सेती प्रादेशिक अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर बिच सम्झौता भएको हो ।
सेती प्रादेशिक अस्पताल धनगढी बाटै मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाउन गरिएको सम्झौता पत्रमा सेती प्रादेशिक अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका तर्फबाट केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले गरेका थिए ।

उक्त कार्यक्रममा सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. जगदीश जोशी, राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा। पुकार चन्द्र श्रेष्ठ लगायतका विज्ञ स्वास्थ्यकर्मीहरुकोे टिम, सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सांसद पूर्णा जोशी, सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व श्रम तथा रोजगार मन्त्री रमेश लेखक तथा पत्रकार, अन्य राजनीतिक दल एवम् साजका प्रबुद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.