कैलालीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु
धनगढी १९ भाद्र । कैलालीमा नुहाउने क्रममा शनिवार फेरि २० वर्षीय युवककोे मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नं.–२ स्थित जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र रहेको मूलपानीमा उनको मृत्यु भएको हो ।
डुबेर मृत्यु हुनेमा डुवेर जानकी गाउँपालिका वडा नं.–८ पहाडीपुरका २० वर्षीय पुष्पराज उपाध्याय रहेका इलाका प्रहरी कार्यालय टीकापुरकाले जनाएको छ । उनी टीकापुरमै अध्ययनकै क्रममा आफन्त कहाँ बस्दै आएका थिए ।
प्रहरीका अनुसार चार÷पाँच जनाको समूहमा गएका मध्ये उपाध्याय दिउँसो करिव ४ बजेतिर नुहाउने क्रममा पानीमा डुबेर बेहोश भएका थिए । उनलाई उपचारका लागी टीकापुर अस्पताल,
पु¥याइए लगत्तै पुष्पराजलाई करिव साढे ४ वजे अस्पतालले मृत घोषित गरेको जनाएको छ । यस अघि मूलपानीमा करिव आधा दर्जनले नुहाउने क्रममै ज्यान गुमाइ सकेका जनाएको छ ।