दार्चुलामा डेंगुका विरामी बढ्न थाले

धनगढी १८ भाद्र । दार्चुलामा डेंगुका विरामी देखिन थालेका छन । हिमाली जिल्लामा नदेखिने यो रोगको संक्रमण पछिल्लो समय दार्चुलामा देखा पर्न थालेको छ ।

जिल्ला दुई दिन परीक्षण गर्दा मात्रै ११ जनामा डेंगुको संक्रमण भेट्टिएको जिल्ला अस्पताल दार्चुलाका मेडिकल अधिकृत डा. सोमराज अवस्थीका ले जानकारी दिए । उनका अनुसार यहि भदौ १२ गतेपछि गरिएको परीक्षणमा ११ जनामा डेंगुको संक्रमण पुष्टि भएको उनले बताए ।

पछिल्ला दिनहरुमा जिल्ला अस्पतालमा उपचारका लागि आउने विरामीहरुमा डेंगुको संक्रमण देखिन थालेको उनले जनाकारी दिए । उनका अनुसार तराईका जिल्लामा देखिने डेंगु रोग पछिल्लो समय पहाडी तथा हिमाली जिल्ला बढी पलैलीरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.