संसद् भवन अगाडि भेटिएको शङ्कास्पद वस्तु निष्क्रिय पारियो

काठमाण्डौ-नयाँ बानेश्वर संसद् भवन अगाडिको मुख्य सडकमा भेटिएको शङ्कास्पद वस्तु निष्क्रिय पारिएको छ ।

संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको हो।

शङ्कास्पद वस्तु भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइएको थियो।

प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ शङ्कास्पद वस्तु राखेर हिँडेका जानकारीमा आएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.