गुडिरहेकै बषमा निदाय कलाकार उद्धव भट्टराई
बैतडी । बैतडी कलाकार तथा निर्देशक उद्धव भट्टराई को निधन भएको छ। बैतडी घर भएका ६६ वर्षीय कलाकार भट्टराइको काठमौँडा जाँदै गरेका बेला चितवनमम गुडिरहेकै बषमा शनिबार निधन भएको हो ।
पाटन नगरपालिका वडा नं १ घर भएका कलाकार भट्ट लामो समयदेखि दमको रोगबाट पीडित थिए। लामो जुँगाका कारण भट्टराई जुङ्गे उपनामले चिनिन्थे । उनले चर्चित नेपाली फिल्ममा कला निर्देशकको रुपमा काम गरेका छन्।
कला निर्देशनसँगै फिल्ममा भेषभुषासमेत हेर्ने कुशल कलाकार समेत रहेका उनि ४ दशकदेखि फिल्ममा सक्रिय थिए। ‘सन्तान’बाट कलाकार र कस्टुम डिजाइनरको रुपमा करिअर थालेका उनले पछिल्लो पटक फिल्म ‘मेरी मामु’मा कला निर्देशकको रुपमा काम गरेका थिए । नेपाली हाँस्य टेलिचलचित्र जिरे खुर्सानी , सहित अन्य नेपाली चलचित्रहरुमा पनि उनले अभिनय गरेका छन् ।