डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी १८ भाद्र । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका–४ डौडमा करेन्ट लागेर ६४ बर्षका काशी ढोलीको मृत्यु भएको हो ।

घर नजिकै रहेको बाँस काट्ने क्रममा बाँस बिधुत तारमा खस्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

उनको शुक्रबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.