विहिबार रातीको वर्षाले कैलालीमा ३८० भन्दा बढी घर डुबानमा

 

धनगढी १७ भाद्र । कैलालीमा विहिबार रती भएको वर्षाले ३८० भन्दा बढी घर डुबानमा परेका छन् । गएराति भएको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले डुबान भएको हो ।

सबैभन्दा बढी भजनी नगरपालिका र कैलारी गाउपालीकामा डुबान भएको छ । काँढा, पथरैया, मोहना नदीको बाढीले ३२७ जति घर डुबानमा परेको भजनी नगरपालिकाका विपद् स्रोत व्यक्ति खिम पनाडीले जानकारी दिएका छन् ।

कटैनी नदीको बाढी पसेर कैलारी गाउँपालिका –७ को बड्का बसन्ता, छटकपुर बसन्ता र भुईयाँफाँटा गरी ५० भन्दा बढी घर डुबानमा परेको वडा अध्यक्ष दीपेन्द्र बमले जानकारी दिए । उनका अनुसार घरहरूमा पानी पसेर खाद्यान्न, अन्न भिजेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.