कञ्चनपुरबाट बैतडीका लागि छुटेको यात्रु बहाक बस दुर्घटनामा

धनगढी १७ भाद्र । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीका लागि छुटेको यात्रु बहाक बस दुर्घटना भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ हरिचन मोडमा शसक्रबार बिहान करीब ५ बजेतिर ना ७ ज २५७० नम्बरको बस दुर्घटनामा परेको हो ।

बस सडकबाट करीब ४÷५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । लउनका अनुसार बस रुखमा अड्किएकाले मानवीय क्षति हुन नपाएको जानकारी दिए ।

प्रहरीका अनु्सार जिल्लाको पाटन नगरपालिकाको खोड्पे बजार नजिकै बस अनियन्त्रित भएर दुर्घटनाभएको हो । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

सो बसमा ४५ जना सवार बसमा रहेका प्रहरीले बताएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.