कैलाली – ५ ‘क’ बाट डा. आरजुु राणा देउवा संघिय संसदमा सर्बसम्मत

धनगढी, १५ भाद्र । नेपाली काँग्रेस कैलाली – ५ ‘क’ बाट डा. आरजुु राणा देउवा संघिय संसदमा सर्बसम्मत एकल उम्मेदबार बनेकी छन् ।
नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधबार बसेको बैठकले डा. आरजुु राणा देउवा संघिय संसदमा सर्बसम्मत एकल उम्मेदबार बनाएको हो ।
त्यसैगरी संघिय समानुपातिकका लागि पनि महिलका तर्फबाट जिवन राना सर्बसम्मत एकल उम्मेदबार बनेकी छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको लागि प्रदेशको प्रत्यक्ष र समानुुपातिक तर्फमा भने २६ जनले दाबी गरेका छन् । बुधबार नेपाली काँग्रेस कैलाली धनगढी पार्टी कार्यालयमा बसेको बैठकले उमेद्धारको नाम सिफारिस गरेको छ ।
बैठकले कैलाली ५ को ‘क’ प्रदेश सभाको लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरेको छ । जसमा गणेश बहादुर देउबा, सन्तराम चौधरी, रामसमझ राना, प्रभातकुमार चौधरी, प्रेमराज जोशी, नारायणप्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सिताराम राना रहेका छन् ।
यसैगरी समानुपातिक तर्फ १८ जनाको नाम सिफारिस गरिएको छ ।
जसमा उद्धबबहादुुर विष्ट, सिताराम राना, गणेशबहादुुर देउवा, सन्तराम चौधरी, आशाराम राना, रामसमझ राना, प्रभातकुुमार चौधरी, जमुुना दाहाल भण्डारी, अम्वादत्त भट्ट, नारायणदत्त भट्ट, प्रमिला लम्साल, गणेशप्रसाद जोशी, गरिवदास डगौंरा थारु, लम्मीप्रसाद देवकोटा, लक्ष्मीनारायण चौधरी, कमलबहादुुुर पुुनमगर, सरोज चौधरी र लक्ष्मी भण्डारीको नाम सिफारीस गरेको सचिव निरज बिष्टले जनकारी दिएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.