कांग्रेस सभापति बलायर प्रदेश सभा ‘ख’उम्मेदवारका लागि सिफारिस

धनगढी १५ भाद्र । आउदो मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि डोटीको प्रदेशसभा ‘ख’का लागि काँग्रेसले ९ जनाकोे नाम सिफारिस गरेको  छ । काँग्रेसको क्षेत्रीय समितिले जिल्ला कार्यसमितिलाई ९ जना आकाङ्क्षीको नाम सिफारिस गरेको हो ।

नेपाली कांग्रेस केआइसिंह गाउँपालिका सभापती अर्जुन बलायरको नाम पनि सिफारिस गरिएको छ । उनि नवविहानी सहकारीका अध्यक्ष र सुजङ्ग अस्पतालको प्रशासन प्रमुखका रुपमा कार्य गरिरहेका छन् ।

प्रदेश सभा ‘ख’का लागि कांग्रेसबाट अर्जुन बलायर,नारायण बलायर, पदमराज जोशी, प्रदीप देउवा, भक्तबहादुर मल्ल, भुमिराज बडू, लक्ष्मीराज पाठक, प्रभुजित रावल र सीताराम जोशीको नाम पनि सिफारिस भएको छ ।

आउदो निर्वाचनमा उम्मेदवारका लागि गाउँपालिका सभापती बलायरको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ । बलायरले स्वास्थ्य क्षेत्रमा ठुलो योगदान गर्रै आएका तथा सबैका लोकप्रिय व्यक्ती एवमं गाउँपालिका सभापती को हैसियतले,

उम्मेदवारका लागि पहिलो नम्बरमा सिफारिस गरिएको क्षेत्रिय कार्य समितिले जानकारी दिएको छ । समितीका अनुसार सभापती बलायर सामाजिक कार्यमा अग्रणी भूमिकाका देखिदै आएका व्यक्ति हुन ।

सामाजीक कार्यमा जस्तै राजनीतिक क्षेत्रमा तथा पार्टिमा अहम भुमिका खेल्दै आएका कारण प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस गरिएको समितिले जनाईएको छ । उनि जिल्ला स्वास्थ्यकर्मी संघको अध्यक्ष, बिहानि बचत तथा ऋण सहकरी,

संस्थाका अध्यक्ष समेत रहेका बलायर युवाहरु माझ लोकप्रिय, तथा स्वास्थ्य क्षेत्रमा जिल्लामै बसेर हरेक बिरामीको उपचारमा अग्रपङ्तिमा रहेर काम गरि रहेको पाइन्छ ।

नम्र स्वभावका बलायर जनताका पक्षमा रहेर सामाजिक कार्य गर्दै आएकाले जित्ने बलियो आधार देखेर उम्मेदवारमा नाम सिफारिस गरिएको क्षेत्रिय कार्य समितिल पदाधीकारीको भनाई छ ।

पार्टीले उम्मेदवार बनाए जनताका एजेन्डा सहित चुनावी मैदानमा उत्रने बलायरको तयारी छ । उनले डोटीका लागि विकास, स्वरोजगारको मोडालिटी सहित मत मागन घरदैलोमा जाने उनले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.