मुख्यमन्त्री भट्टले डोटीमा राजधानी बनाउन चाहेनन्ःप्रदेश सभापति बलायर

धनगढी १५ भाद्र । पूर्व मन्त्री तथा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बन्न नसक्ने बताएका छन् । बुधबार सिलगढी पत्रकार सम्मेलनमा उनले गोदावरीमा वनको फडानी गर्नुपर्ने भएकाले राजधानी बन्न नसक्ने बताएका हुन् ।

उक्त क्षेत्रमा राजधानी बनाउन वनको फडानी गर्ने अधिकार नभएकाले प्रदेश राजधानी बन्न उपयुक्त स्थान नभएको सभापति बलायरले बताए । उनले भने,“नेपाल युनेस्को र युएनको पक्ष राष्ट्र भएकाले पूर्वाधार निर्माणका लागी वन फडानि गर्नेहो भने नेपाल अन्तर्राष्ट्रिय अदालतमा उभिनु पर्ने अवस्था आउन सक्छ”।

सभापति बलायरले सम्मेलनमा बोल्दै प्रदेशको राजधानी आकाशमा रहेको बताए । उनले भने,“अहिले प्रदेश राजधानी आकाशमा छ,“जसले टिप्न सक्छ राजधानी उसैको हुन्छ”। प्रदेश राजधानिकालागी धनगढीमा ठाउँ नै नभएकाले उनले बताए । गोदावरी र धनगढी राधानीका लागी उपयुक्त ठाउँ नभएको सभापति बलायरको तर्क छ ।

डोटीबाट निर्वाचित तत्कालीन नेकपाका सांसद तथा मुख्यमन्त्री भट्टका कारण प्रदेश राजधानी डोटीमा हुन नसकेको आरोप लगाए । प्रदेश सभापती बलायरले आउदा मंसिरमा हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा डोटीबाट माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चासँग गठबन्धन नहुने बताए ।

भरखरै सम्पन्न स्थानिय तह अर्थात वैशाख ३० गतेकोे निर्वाचनमा जनता काँग्रेसको पक्षमा रहेको देखिएकाले डोटीमा गठबन्धन आवश्यक नरहेको उनले बताए ।“केन्द्र बाटै गठबन्धन गर्यो भने डोटिमा कांग्रेस जिम्मेवार नहुने बलाएरले बताए । उनले सिट र व्यक्तिका लागि गठबन्धन नहुने दाबी गरे ।”

उनले भने, “डोटिमा गठबन्धन गर्नेहो भने प्रतिनिधि सभा तर्फको एक सिट र प्रदेश सभा तर्फका दुई सिट काँग्रेसलाई हुनुपर्ने छ । गठबन्धन जित्नका लागि नभई जित्ने आधारले हुनुपर्ने उनको भनाइ छ” ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.