देशको राष्ट्रियता बचाउन पार्टि प्रवेसको लर्को लाग्यो, ओली

धनगढी १५ भाद्र । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रियता बचाउन आम नेपाली दिदि बहिनीहरुको नेकपा एमालेमा प्रवेस गर्नेकोे लर्को लागि रहेको बताएका छन् । उनले नेताहरु पाचँ दलिय गठबन्धमा रुमलिएका तर जनता एमाले मा आईसकेको दावि गरे ।

अध्यक्ष ओलीले कञ्चंनपुरमा नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न दलबाट लाखौ नेता कार्यक्रताले उत्साहजनक ढगंले पार्टिमा प्रवेस गरिरहेको जानकारी दिए ।

आफ्नो सरकारको बेलामा सुदूरपश्चिम प्रदेशमा रहेको लिपुलेक,लिम्पियाधुरा र कालापानी नेपालको हो भनेर नक्सामा समेटेको तर अहिलेको सरकारले यी भू–भाग हाम्रो हो भन्न पनि नसकेको आरोप लगाए ।

उनले पाचँ दलिय गठबन्धन अहिले मूल्य वृद्धि कम गर्न नसकेको,महगीं नियन्त्रण गर्न नसकेकोले देशमा आर्थिक सकंट ल्याएको बताए । उनले नेकपा सबैको साझाँ घर भएकोले सबैले पार्टिमा आउनु पर्ने तर्क राखे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.