तारालामा तमाङ सहितका नेता फर्किए एमाले मै

धनगढी । एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता एमालेमा फर्केका छन्।

आजै मात्रै वर्खास्तमा परेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी पनि एमालेमा फर्किएका छन्।उनीहरुलाई नेकपा एमाले अध्यक्ष ओलीले कञ्चंनपुरमा नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पार्टि प्रवेस गराएका हुन् ।

यस्तै आजै मात्रै वर्खास्तमा परेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पनि  पार्टीमा स्वागत गरिएको छ । सोही सभामा माओवादी केन्द्रबाट समेत एमालेमा प्रवेश गर्ने बताइएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.