अछाममा २५ वर्षीय एक गुवक मृत फेला

धनगढी १५ भाद्र । अछाममा एक जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका २ का २५ वर्षीय बमबहादुर धामी मृत फेला परेका हुन् ।

उनि मंगलबार बेलुकी करिब ११ बजे सडक किनारमा रहेको नालीमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरिक्षक नारायण डाँगीले जानकारी दिएका छन् । उनका अनुसार उनकी श्रीमतीले धामी मृत परेको खबर गरेपछि प्रहरी घटनास्थलमा गएको थियो ।

मृतक धामीको टाउकोमा चोटपटक लागेको अवस्थामा उनी मृत फेला परेको प्रहरी नायब उपरिक्षक डाँगीले बताए ।
उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.