डोकेबजारमा आज देखी तिन दिने तिज विशेष सांस्कृतिक मेला सुरु
दिपक बम,धनगढी १४ भाद्र । कञ्चनपुरमा डोकेबजार मेला व्यवस्थापन समितिको आयोजनामा आज देखी तीन दिने तीज विशेष सांस्कृतिक मेला सुरु भएको छ । जिल्ला को पुनरवास नगरपालिका वडा नम्बर ११ डोकेबजार स्थित शिव मन्दिरमा तिज विशेष सांस्कृतिक मेला सुरुभएको हो ।
हिन्दु नारिहरुको महान पर्वका रुपमा रहेको हरितालिका तिजको अवसरमा परापुर्व कालदेखी मेला लगाउदै आएको मेला व्यवस्थापक समितीका अध्यक्ष धनबहादुर थापाले जानकारी दिए । सस्कृतिको संरक्षण र सम्बर्दन गर्ने उदेश्यले १४,१५ र १६ गते मेलाको आयोजना गरेको उनले बताए ।
उक्त मेला अटो,रिक्सा चालक तथा स्थानिय ब्यापारिहरुको आर्थिक सहयोगमा आयोजना गरिएको मेला व्यवस्थापक समितिका अध्यक्ष धनबहादुर थापाले बताए । उक्त मेला व्यवस्थापनमा एक लाख ५० हजार खर्च भइसकेको उनले बताए । उक्त मेलामा दुई लाख बराबरको आर्थिक खर्च हुने अनुमान गरिएको छ ।
त्रिनगर हेलथडेस्कको सहयोगमा मेलामा कसैको स्वास्थ्य समस्या भएमा निःशुल्क प्राथमिक उपरको व्यवस्था गरिएको छ ।
कोरोना खोप लगाउन छुटेका व्यक्तिलाई कोरोना विरुद्धको भेरोसेल खोप लगोने गरेको त्रिनगर हेलथडेस्कका पूर्व ईन्चार्जले जानकारी दिए ।
उनले उनका अनुसार मेलामा निःशुल्क मास्क पनि वितरणको व्यवस्था गरिएको छ । उक्त मेला तिन दिन सम्म लाग्ने समितीले जनाएको छ ।