धनगढीका मुख्य सडक क्षेत्रभित्रका संरचना असोजसम्म हटाउन निर्देशन

धनगढी १४ भाद्र । धनगढी उपमहानगरले नगरभित्रका मुख्य सडकको दायाँबायाँमा सडक अधिकार क्षेत्रभित्रकासंरचना हटाउन निर्देशन दिएको छ ।

हिजो (सोमबार) एक सूचना जारी गर्दै उपमहानगरपालिकाले धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन निहेशन दिएको हो ।

धनगढी उपमहानगरपालिकाले योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने टहरा असोज मसान्तसम्म हटाई सक्तन भनेको छ ।

सो समयभित्र सडक क्षेत्र खालि नभए कानून बमोजिम कारबाही गरिने उपमहागर जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.