तारा लामा तामाङले आफू एमालेमै फर्किने घोषणा गरे

धनगढी । नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले आफू एमालेमै फर्किने घोषणा गरेका छन्।
सुदूरपश्चिम प्रदेश सभामा विशेष समय माग गर्दै उनले सत्ता गठबन्धनले जनताको भावनाअनुसार काम गर्न नसकेको भन्दै आफूले पुन एमाले रोज्न थालेको बताए।
अहिलेको गठबन्धनले जनताको पक्षमा काम गर्न नुकेकोले मलाई प्रदेश सभाको अहिलेको रेकर्डमा जे भए पनि म सुरुमा निर्वाचित पार्टीको चिन्हकै हिसाबले प्रस्तुत हुनेछु’ उनले सभामुखलाई जानकारी गराएका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.